गणतन्त्र दिवस : सत्ताधारीले जनतालाई निरास बनाएको नेकपा एसकी सचेतकको टिप्पणी – Nepal Press

गणतन्त्र दिवस : सत्ताधारीले जनतालाई निरास बनाएको नेकपा एसकी सचेतकको टिप्पणी

सुर्खेत । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश सचेतक एवम् सामाजिक विकास समिति सभापति देवी वलीले गणतन्त्र दिवसको शुभकामना दिन आफूलाई मन नलागेको भन्दै असन्तुष्टि पोखेकी छिन् ।

गणतान्त्रिक राज्य व्यवस्थाले जसको अनुहारमा खुसी ल्याउनु पर्थ्यो त्यो वर्ग नै असन्तुष्ट भएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

लामो समय संघ र प्रदेश सरकारमा बसेकाहरूले जनताको पक्षमा काम गर्न नसकेका कारण आफूलाई शुभकामना दिन मन नलागेको उनको भनाइ छ ।

‘मलाई आत्मा देखि नै गणतन्त्र दिवसको शुभकामना भन्न मन लागेको छैन ! किनभने म एउटा प्रदेशसभाको सांसद ! एउटा विधायक ! मप्रति आशा गर्ने जनसमुदायहरू धेरै हुनुहुन्छ ! तर मैले जनताका लागि के गरेँ कति गरेँ ? आफुले आफैंलाइ प्रश्न गरिरहेको छु’, उनको भनाइ छ ।

शिक्षा र स्वास्थ्यमा भएको व्यापारिकरणले गरिब नागरिकलाई थिलथिलो पारेको भन्दै उनले लेखेकी छन्, ‘लाखौं युवाहरु जो दक्ष जनशक्ति पनि हो उ देश बाहिर छ ! सामाजिक सुरक्षा भयावह छ नेपाली छोरी चेलीहरूको अस्मितामाथि निरन्तर हमला भइरहेको छ । दण्डहीनताले प्रश्रय पाइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर