प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञानमा स्नातक जनशक्ति खटाइने – Nepal Press

प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञानमा स्नातक जनशक्ति खटाइने

काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञानमा स्नातक गरेका जनशक्ति खटाउने भएको छ ।

कृषिको उत्पादकत्व बढाउने लक्ष्य हासिल गर्न आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत सरकारले हरेक स्थानीय तहमा स्नातक जनशक्ति र प्रत्येक वडामा कृषि प्राविधिकको प्रबन्ध गर्ने उद्घोष गरेको हो ।

कृषि उत्पादकत्व बढाउन प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गर्ने, कृषि स्वयंसेवक तयार गर्ने, किसानहरुलाई सहुलियत कर्जा दिने, कृषि बीमा गर्ने, कृषि उत्पादन संकलन केन्द्र विस्तार गरिनेलगायतका कार्यक्रम बजेटमा समेटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर