प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड बजेट बिनियोजन – Nepal Press

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड बजेट बिनियोजन

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन ७ अर्ब ५ करोड बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्दै ७ अर्ब ५ करोड विनियोजन गरिएको जानकारी गराएका हुन् ।

यसमार्फत आगामी आर्थिक वर्षमा २ लाख युवालाई रोजगारीमा संलग्न गराइने अर्थमन्त्री शर्माले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर