विद्युतीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्ष आयकर छुट – Nepal Press

विद्युतीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्ष आयकर छुट

काठमाडौं । नेपालमा गाडी एसेम्बल गर्ने उद्योगले ५ वर्षसम्म आयकर छुट पाउने भएका छन् । सरकारले ५ वर्षसम्म ४० प्रतिशत आयकर छुट दिन लागेको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

विद्युतीय गाडी एसेम्बल गर्ने उद्योगलाई उद्योग विभागको सिफारिसमा छुट दिने व्यवस्थासमेत बजेटले गरेको छ ।

सरकारले विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्न यस्तो व्यवस्था गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर