प्रचण्डको क्षेत्रमा ९ शीर्षकमा बजेट, के के परे ? – Nepal Press

प्रचण्डको क्षेत्रमा ९ शीर्षकमा बजेट, के के परे ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चितवनस्थित निर्वाचन क्षेत्रमा विभिन्न ९ वटा शीर्षकमा बजेट विनियोजन भएको छ ।

प्रचण्डपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार क्रिकेट रंगशाला, महानगरको ढल व्यवस्था, नारायणीमा सिग्नेचर पुल, औधोगिक क्षेत्र , उद्योग ग्राम, शिक्षक अस्पताल, नारायणी तटबन्धन र नारायणीको पर्यटन विकास, महानगरको प्रशासनिक भवन, सिँचाइ तथा खानेपानी र शहरी पूर्वाधार विकास कार्यक्रमका लागि बजेट विनियोजन भएको छ ।

भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि नीति तथा कार्यक्रममा आए पनि बजेटमा नसमेटिएको भन्दै रेणुले त्यसका लागि समन्वय गरिने सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर