सरकारी कर्मचारीकाे तलबः कसको कति बढ्याे ? (सूचीसहित) – Nepal Press

सरकारी कर्मचारीकाे तलबः कसको कति बढ्याे ? (सूचीसहित)

तलब सुविधा पुनरावलोकनका लागि अध्ययन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिने

काठमाडौं । सरकारले सबै कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

चालू आर्थिक वर्षमा सबै कर्मचारीको तलब २ हजारका दरले वृद्धि गरेको सरकारले यस पटक बजेट भाषणमार्फत कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मका निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएको अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै जानकारी गराएका हुन् ।

बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले भने, ‘निजामती सेवाका कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सबै राष्ट्र सेवकलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन विक्रम संवत् २०७९ साउन १ गतेदेखि लागू हुने गरी तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु । हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको छु ।’

यस्तै सरकारले निजामती कर्मचारी र श्रमिकको तलब सुविधा पुनरावलोकन गर्न एक उच्चस्तरीय आयोग पनि गठन गर्ने भएको छ । अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै भने, ‘राष्ट्रसेवक कर्मचारीको न्यूनत्तम तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकको तलब सुविधा अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिनेछ ।’

गत वर्ष पनि सरकारले महंगी भत्तालाई यसअघिकैलाई निरन्तरता दिने भनेको थियो । बजेटमार्फत नै निजामती कर्मचारीको सेवा सुविधालाई दक्षिण एसियाका अन्य मुलुकसँग तादात्म्यता कायम गर्न तलबमान सम्बन्धमा अध्ययन गरी सुझाव दिन विशेषज्ञ सम्मिलित अध्ययन गर्न समिति गठन गर्ने पनि घोषणा गरिएको थियो ।


प्रतिक्रिया

One thought on “सरकारी कर्मचारीकाे तलबः कसको कति बढ्याे ? (सूचीसहित)

  1. Yota dalal pugiwadi sakle jastai bhayanara talaba badaunu thik thiyo tara % galata bhayo ………!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर