नयाँ बजेट: के आयो लुम्बिनीमा ? – Nepal Press

नयाँ बजेट: के आयो लुम्बिनीमा ?

रुपन्देही । संघीय सरकारले सोमबार प्रस्तुत गरेको बजेटमा लुम्बिनीमा यसअघि संचालन भएका मुख्य योजनाको निरन्तरताका साथै केही नयां योजना समेटिएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित रहेर लुम्बिनी प्रदेशमा पर्यटन, जलविद्युत्, सिंचाइ, सडक पूर्वाधारलगायतका महत्वपूर्ण आयोजनालाई बजेटमा समावेश गरिएको छ ।

लुम्बिनी गुरुयोजना पूरा गर्न थप बजेट विनियोजन, मोतीपुर औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गरिने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा संचालन गर्न बजेट थप, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने, भैरहवा विशेष आर्थिक क्षेत्रलाई विस्तार गरिने, रुपन्देहीको भैरहवा र बांकेको नेपालगञ्ज एकीकृत जांचचौकी निर्माण गरिने बजेटमा उल्लेख छ ।

त्यसैगरी बुटवल-नारायणगढ सडक स्तरोन्नति तथा बुटवल-गोरुसिंगे सडक बिस्तार आयोजनालाई निरन्तरता, सिद्धबाबामा सुरुङमार्ग निर्माणलाई निरन्तरता, नौमुरे-राप्ती-कपिलवस्तु डाभर्सनको निर्माण अघि बढाइने,बाँकेको कोहोलपुरमा क्रिकेट रंगशाला बनाइने, रुपन्देहीको बुटवलस्थित कर्साघाटमा कृषि उपज थोक केन्द्र बनाइने, रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर बनाइने, हुलाकी सडक निर्माण सन्जालमा प्रदेशका ६ जिल्ला जोडिने, घोराही थवाङ सडक स्तरोन्नति गरिने, बर्दघाट दुम्किबास सुरुङमार्ग अध्ययन गरिने बजेटमा उल्लेख छ ।

त्यसैगरी रुपन्देहीको तिनाउ नदीमा सिंग्नेचर पुल निर्माण गरिने, दाङको माडी खोला डाइभर्सन, बुटवलमा ४ सय केभी प्रशारणलाइन बनाउने प्रकृया शुरु गरिने, दाङको टरिगाउं विमानस्थल बिस्तार, भेरी बबई डाइभर्सन कार्यान्वयनमा लैजाने, कालीगण्डकी तिनाउ डाइभर्सन अध्ययनलाई निरन्तरता, पाल्पाको रामपुरलाई नयां शहर बनाउने योजना, बुटवलमा इन्टरनेट एक्सचेन्ज सेन्टर बनाइने, पाल्पामा मौसमी राडार राखिने, तिनाउ दानव करिडोरलाई निरन्तरता, बुटवल धागो कारखाना संचालन गरिने बजेटमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर