हर्क र बालेनहरुको छायाँमा दुर्गमका सचेत मतदाताको विवेक – Nepal Press

हर्क र बालेनहरुको छायाँमा दुर्गमका सचेत मतदाताको विवेक

काठमाडौंमा बालेन्द्र साह र धरानमा हर्क साम्पाङको जितसँगै जनताले ‘दलहरुलाई देखाइदिएको’ चर्चा छ । धरान र काठमाडौंको चर्चासँगै धनगढी, जनकपुर र देशैभर करिब एक दर्जन पालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारको विजयले दिएको सन्देशबारे आ–आफ्ना विश्लेषण छन् ।

यतिका आधारमा जनता सचेत भएको भन्नेहरुले नदेखिरहेको अर्को महत्वपूर्ण तथ्य के हो भने, काठमाडौं र धरानभन्दा धेरै दुर्गम ग्रामीण क्षेत्रका जनता अझ सचेत देखिएका छन् । मूलधारका मिडिया र विश्लेषकहरुको नजरमा नपरेका ती स्थानीय तहका जनताले विवेकसम्मत निर्णय गरेका छन् ।

स्थानीय तहको निर्वाचन परिणाम हेर्दा मतदाता सचेत र विवेकी बनेका छन् । कतै पाँच दलको गठबन्धनका बलिया उम्मेदवारलाई जनताले पराजित गरेर एकै दलका लोकप्रिय उम्मेदवार छानेर जिताएका छन् । न त गठबन्धनका नाममा जनताले पार्टीको ह्वीप मानेका छन्, न त परम्परागत गढ जोगाउन उनीहरु पार्टीका भरिया बनेका छन् ।

मतको सुरक्षा गर्न नसक्ने, मतदान केन्द्रको कब्जा रोक्न नसक्ने र राज्यसत्ताको बल प्रयोग झेल्न नसक्ने केही ठाउँबाहेक आमरुपमा जनताले स्वतन्त्र विवेक प्रयोग गरेको कुरालाई नजरअन्दाज गर्न हुँदैन । बरु जनताले यसपटक पार्टीमात्र हेरेनन्, व्यक्ति हेरेका छन् ।

अहिलेसम्मको नतिजा हेर्दा चाखलाग्दो कुरा के देखिएको छ भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएका र योपटक पुनः उम्मेदवार बनेकाहरुले उल्लेख्य संख्यामा जितेका छन् ।

बरु स्थानीय तहमा बहाल रहँदैको अवस्थामा पुनः उम्मेदवार बनेकाहरु उल्लेख्य संख्यामा पराजित भएका छन् । यो पाटोबारेमा पर्याप्त बहस भइरहेको छैन । जनताले अपवादबाहेक जनप्रतिनिधिलाई दोहोरिएको देख्न नचाहनुमा मतदाताको मनोविज्ञानले काम गरेको हो कि जनप्रतिनिधिको पाँच वर्षको रिपोर्ट कार्ड दिएको हो ? यसमा बहस हुनुपर्छ

व्यक्तिमात्र होइन, धेरै ठाँउमा पार्टीसमेत फरक आएको छ । यो नतिजा हेर्दा लाग्छ जनता सत्ताको विपक्षमा हुने गर्छन् । पहिले एमालेले जितेको ठाउँमा कांग्रेस या माओवादी या अन्य कुनै दल, कांग्रेसले जितेको ठाउँमा एमाले वा माओवादी या अन्य कुनै दल र माओवादीले जितेको ठाउँमा कांग्रेस या एमाले या अन्य कुनै दलले जितेको छ ।

उदाहरणका लागि एमालेको बर्चश्व रहेको दोलखामा यसपटक गठबन्धनले बहुमत जितेको छ भने कांग्रेसको बर्चश्व रहेको मोरङमा एमालेले बहुमत जितेको छ । कांग्रेसले बर्चश्व राखेको गोरखामा माओवादीले जित्दा मधेसवादीको बर्चश्व रहेको ठाउँमा एमालेको विजय भएको छ ।

अहिलेसम्मको नतिजा हेर्दा चाखलाग्दो कुरा के देखिएको छ भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएका र योपटक पुनः उम्मेदवार बनेकाहरुले उल्लेख्य संख्यामा जितेका छन् ।

२०७४ सालको निर्वाचनमा दुई सय ९८ स्थानीय तहमा प्रमुख पद जितेर पहिलो दल बनेको नेकपा एमाले दोस्रो स्थानमा झर्दा पाँचदलीय गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस पहिलो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । अहिलेको नतिजा हेर्दा जनता सचेत भएको पाइएको छ । किनभने योपटक मतदाताले स्थानीयस्तरमा काम गरेका राजनीतिक दल र उम्मेदवारलाई छानीछानी मतदान गरेको देखिन्छ ।

गठबन्धनका विभिन्न चुनाव चिह्नमा मतदान गर्दा धेरै मत रद्द हुने अनुमान राजनीतिक दल र उम्मेदवारले गरेको भएपनि त्यस्तो अवस्था अत्यन्त कम भयो । आफूले चाहेको र रोजेको उम्मेदवारलाई मतदाताले राम्रैसँग छानेर मतदान गरेका छन् । केही मतदाताले भने गठबन्धन गरेको भएपनि फरक पार्टीलाई मतदान गर्न अरुचि देखाएको पाइन्छ ।

मत बदरको प्रतिशत हेर्दा गठबन्धनको कारणभन्दा पनि हाम्रो निर्वाचन प्रणालीमा समस्या देखिन्छ । नत्र पहिलो लहरका सूर्य र रुख छाडेर अन्तिम लहरतिरका लौरो, आँखी झ्याल, पुतली र घण्टाघरजस्ता चिह्नमा मतदान गरेका मतदाताको मतले स्वतन्त्र उम्मेदवार विजय भएका छन् । त्यसैले चुनाव चिह्न नै ठूलो कुरा हो भन्ने पनि यसपटक खण्डित भएको छ ।

अहिलेको निर्वाचनमा पाँचदलीय गठबन्धनले विशेषगरी नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्रलाई फाइदा पुग्यो । त्यसको स्वभाविक घाटा नेकपा एमालेलाई हुने नै भयो । तर गठबन्धनलाई पराजित गर्दै एमालेले जुन मत र सिट पाएको छ, यो सामान्य कुरा होइन । राम्रो काम गर्ने व्यक्तिलाई गठबन्धन हुँदाहुँदै पनि मतदाताले जिताएका छन् । गठबन्धन नै सबैथोक हो भनेर जसलाई पनि टिकट दिँदा पराजय हुन्छ भन्ने पाठ दलहरुले सिकेका छन् ।

मत बदरको प्रतिशत हेर्दा गठबन्धनको कारणभन्दा पनि हाम्रो निर्वाचन प्रणालीमा समस्या देखिन्छ । नत्र पहिलो लहरका सूर्य र रुख छाडेर अन्तिम लहरतिरका लौरो, आँखी झ्याल, पुतली र घण्टाघरजस्ता चिह्नमा मतदान गरेका मतदाताको मतले स्वतन्त्र उम्मेदवार विजय भएका छन् । त्यसैले चुनाव चिह्न नै ठूलो कुरा हो भन्ने पनि यसपटक खण्डित भएको छ ।

अहिलेको चुनावी नतिजा हेर्दा दलहरुले आफू शक्तिमा हुँदा दम्भ देखाएर जनताको काम नगर्ने हो भने अब जनताले दलभन्दा पनि उम्मेदवार रोज्ने देखिन्छ । उदाहरणको लागि भक्तपुरको नेमकिपालाई नै हेरे पुग्छ । उसले आफनो संगठन धेरै ठाउँमा विस्तार गर्न नसके पनि भक्तपुरमा उसले गरेको कामको आधारमा जहिल्यै उसैलाई मतदाताले रोज्ने गरेका छन् । उसको क्षेत्रमा अन्य दलका उम्मेदवारहरुको जमानतनै जफत हुने अवस्था बनेको छ ।

आजका मतदाता कुन नेताले के–के काम गरेका छन्, जनताको समस्यालाई कसरी हेर्छन्, जनतासंग कस्तो व्यवहार गर्छन् सबै हिसाब किताब राख्ने र मतदानको दिन त्यसैको आधारमा मतदान गर्ने भएका छन् । सामान्य अवस्थामा हामीले जनतासंग गर्ने व्यवहारले खासै ठूलो महत्व राखेको हुँदैन ।

नमस्कार नफर्काउने, भेटघाटमा चासो नदिने, समस्याको सुनवाइ नगर्ने जस्ता कुरा नेताको विशेषता भन्दै उनीहरुले पचाइरहेका हुन्छन् तर जब तीनै जनता मतदाताको रुपमा मतदानस्थलमा पुग्छन् अनि ती सबै हिसाब किताब स्वस्तिक छाप लगाउने बेलामा फछ्र्यौट गरिदिन्छन् ।

दल र दलका नेताहरुको कार्यशैली तथा विगतमा जनप्रतिनिधिले गरेका कतिपय कामहरुको निष्पक्ष मूल्यांकन गर्नलाई जनताले त्यहीं एक दिन सही निर्णय गर्न नसक्ने हो भने मुलकले सही गन्तव्य पहिल्याउन नसक्ने कुरा करिब सावित भएको छ । त्यसैले पनि जनताले मतपत्रमा स्वस्तिक छाप लगाउने त्यो एक दिन पाँच वर्षका सबै कुराहरुको तथ्यगत विश्लेषण गर्नु जरुरी नै हुन्छ ।

योपटकको निर्वाचनमा मतदातालाई उम्मेदवार छान्न वास्तवमै चुनौती थियो । एकातिर गठबन्धन र एमालेका उम्मेदवार अनि अर्कोतिर समाजमा उल्लेख्य काम गरेका स्वतन्त्र उम्मेदवार । तर मतदाताहरुले गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार सबैलाई उनीहरुको विगतको राम्रोसंग मूल्यांकन गरेरै छानीछानी मतदान गरेको देखियो । हुन त योपटक पनि धेरै मत बिग्रिएको देखियो तर उम्मेदवार छान्ने कुरामा मतदाताहरु निक्कै सचेत पाइएको छ ।

यो निर्वाचनको सन्देश के भने अब स्थानीय जनप्रतिनिधिले जनताको मन जित्ने काम गर्नु पर्छ । अन्यथा जनताले मतदाता बनेको एक दिन पाँच वर्ष भरीको हिसाब किताब अवश्य गर्नेछन् । स्थानीय तह निर्वाचनको दोस्रो संस्करणले दल र ती दलका निर्वाचित जनप्रतिनिधिहरुलाई पर्याप्त पाठ दिएको हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *