सपथग्रहणमा बालेन : दौरासुरुवालमा कालो टोपी र कालोचश्मा, श्रीमती र उपमेयर दायाँबायाँ (तस्बिरहरू) – Nepal Press

सपथग्रहणमा बालेन : दौरासुरुवालमा कालो टोपी र कालोचश्मा, श्रीमती र उपमेयर दायाँबायाँ (तस्बिरहरू)

काठमाडौं । तीन दिनअघि काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन्द्र साह (बालेन) अहिले राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनीसहित निर्वाचित सबै जनप्रतिनिधिलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृतले सपथग्रहण गराउनेछन् ।

सपथ ग्रहण समारोहमा नेपाली राष्ट्रिय पोशाकमा ठाँटिएका छन् मेयर बालेन्द्र । उनले दौरासुरुवालमा कालो टोपी र आफ्नो ट्रेडमार्कका रुपमा रहेको कालोचश्मा पहिरिएका छन् ।

बालेन आफ्नी पत्नी सविता काफ्लेसहित कार्यक्रममा उपस्थित भएका छन् । मञ्चमा उनको दायाँ काठमाडौंकी उपमेयर सुनिता डंगोल बसेकी छन् भने बायाँ पत्नी सविना बसेकी छन् । मञ्चमा बालेन र सुनिताबीच पटक-पटक कुराकानी भइरहेको देखिन्छ ।

सुनिता पनि औपचारिक पोशाकमा उपस्थित छिन् । उनले ढाकाको चोलो र साडी लगाएकी छन् ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर