झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा – Nepal Press

झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं । विरगंज युथ क्लबलाई ५–० गोलको नतिजामा पराजित गर्दै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा भएको छ ।

सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गगत सोमबार सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विरगंजलाई पराजित गर्दै झापा एक खेल अगावै ‘बी’ डिभिजनमा बढुवा भएको हो ।

झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गरे भने सन्तोष लावतीले एक गोल गरे ।

खेलको १३ औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा पुजनले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा पुजनले ह्याट्रिक पूरा गर्दै झापालाई ३–० को अग्रता दिलाए । इन्जुरी समयमा सन्तोषले गोल गर्दै झापालाई ४–० को अग्रता दिलाए ।

त्यसपछि खेलको अन्तिम समयमा पुजनले व्यक्तिगत चौंथो गोल गर्दै झापालाई ५–० को सानदार जित दिलाए । झापाले १२ खेलमा १० जित १ हार र एक बराबरीको नतिजा निकाल्दै ३१ अंक जोडेको छ ।

यो हारसँगै विरगंज रेलिगेसनमा परेको छ । झापाले अन्तिम खेलमा स्वयम्भु क्लबसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *