त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित – Nepal Press

त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी महेश्वरी राई निर्वाचित भएकी छिन् ।

मेयरमा निर्वाचित बस्नेतले १३ हजार ८ सय ५९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत ल्याए । त्यस्तै नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे । उनी निवर्तमान मेयर पनि हुन् ।

उपमेयरमा एमालेकी महेश्वरी राईले १३ हजार ७ सय ३ मत ल्याउँदा कांग्रेसकी सरिता राईले ११ हजार ९ सय ८१ मत प्राप्त गरिन् । सो नगरपालिकामा निर्वाचन सकिएको २ सातापछि मात्रै मतगणना सुरू भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर