हत्या आरोपमा मोरङमा तीनजना पक्राउ
नेपाल प्रेस
२०७९ जेठ १६ गते १६:०५
विराटनगर । मोरङको कटहरी गाउँपालिका- २ आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको हत्याको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिका- १ का ३३ बर्षीय रविन भुजेल र २९ वर्षीय कपिल माझी र वडा नम्बर ३ का २८ वर्षीय नितेश चौधरी छन् ।
आज बिहान साढे ६ बजे महेशपुर थानगाछीस्थित बित्तु माझीको खेतमा श्रेष्ठ मृत भेटिएका थिए । उनको शरीरमा चोटपटक देखिएकोले हत्याको आशंकासहित अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।
आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगालगायतका हतियार टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर