अख्तियार प्रमुख र आईजीपीको नाम जोडेर गैरव्यवसायिक काम गर्ने प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त सिफारिस – Nepal Press

अख्तियार प्रमुख र आईजीपीको नाम जोडेर गैरव्यवसायिक काम गर्ने प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरव्यवसायिक आचरण देखिएको भन्दै प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कुर्मीलाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा कार्यरत रहेका बेला कुर्मीले गैरव्यवसायिक काम गरेको दावी गरिएको छ ।

प्रारम्भिक छानबिनपछि कुर्मीलाई निलम्बन गरिएको थियो । एसएसपी कृष्णकुमार महत संयोजकत्वको छानबिन समितिले घटनाको छानबिन गरेर प्रतिवेदन बुझाएको थियो ।

प्रहरीसहित सरकारी निकायका कर्मचारीहरुलाई धम्क्याएर पैसा असुलेको आरोप कुर्मीमाथि लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *