निर्वाचित जनप्रतिनिधिहरुलाई तारामण्डल महिला सशक्तीकरणकाे सम्मान – Nepal Press

निर्वाचित जनप्रतिनिधिहरुलाई तारामण्डल महिला सशक्तीकरणकाे सम्मान

काठमाडाैं । तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा रक्तदान तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार राजधानीको पुरानो बानेश्वरमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

आफूले गरेको रक्तदानले कसैको जीवन बाँच्न सक्ने भएकाले नियमित रक्तदान गर्नु उपयुक्त हुने अध्यक्ष लिङ्देन बताउँछन् ।

ब्लड डोनर्स नेपालको सहयोगमा आयोजना भएको उक्त कार्यक्रममा करिब एक सय जनाले रक्तदान गरेका छन् ।

त्यस्तै कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानका साथै मायाको चिनोसमेत हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रमको आयोजना गर्न पाएकोमा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले खुसी व्यक्त गरेकी छन् ।

उनले केही दिनभित्र शंखरापुर नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्ने र देशभरका ७७ वटै जिल्लामा पुगेर रक्तदान कार्यक्रमको आयोजना गर्नेसमेत जानकारी दिइन् ।

तारामण्डल महिला सशक्तीकरण अभियान महिलाहरुको हकहितमा काम गर्दै आएको गैरसरकारी संस्था हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर