पोखराबाट १० शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौं उड्यो – Nepal Press

पोखराबाट १० शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौं उड्यो

काठमाडौं । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुदाँ मृत्यु भएका १० जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको छ । आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुदाँ उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको थियो ।

मृत्यु भएकामध्ये पहिलो चरणमा १० जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंका लागि उडेको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले नेपाल प्रेसलाई जानकारी दिए ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्वीनअटर विमान एक दिनपछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर