युरोपियन युनियनले रुसबाट इन्धन आयत घटाउने, युक्रेनलाई नौ अर्ब युरो दिने
नेपाल प्रेस
२०७९ जेठ १७ गते ८:२५
काठमाडौं । युरोपियन संघले यसै वर्षको अन्त्यसम्ममा रुसबाट आयात गर्ने इन्धन (पेट्रोलियम पदार्थ)मा ९० प्रतिशतले कमी गर्ने निर्णय गरेको छ ।
युक्रेनमाथि हमला सुरु गरेदेखि अमेरिका तथा युरोपियन राष्ट्रहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । जसको निरन्तरतास्वरुप सोमबार युरोपियन संघले यस्तो निर्णय गरेको हो ।
सोमबार बसेको युरोपियन संघको बैठकले युक्रेनलाई ९ अर्ब युरो सहयोग उपलब्ध गराउने पनि निर्णय गरेको छ । उक्त सहयोग ऋणको वा अनुदानको रुपमा दिन लागिएको हो भन्ने भने खुलाइएको छैन ।
प्रतिक्रिया