आईजीपी नियुक्तिविरुद्धको मुद्दा श्रेष्ठ र चुडालको इजलासमा
नेपाल प्रेस
२०७९ जेठ १७ गते ११:०३
काठमाडौं । ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा केहीबेरमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।
यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेसी सार्न नमिल्ने गरी आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो ।
सरकारले १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेल अदालत गएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर