भक्तपुर नगरपालिकामा पाँच महिला कार्यपालिका सदस्य सर्वसम्मत, दलित तथा अल्पसंख्यकतर्फ परेन उम्मेदवारी – Nepal Press

भक्तपुर नगरपालिकामा पाँच महिला कार्यपालिका सदस्य सर्वसम्मत, दलित तथा अल्पसंख्यकतर्फ परेन उम्मेदवारी

भक्तपुर । भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच जना महिला निर्विरोध निर्वाचित भएका छन् । तर संविधानअनुसार कार्यपालिकामा चुनिने ३ दलित तथा अल्पसंख्यकतर्फ कुनै उम्मेदवारी नै परेन ।

भक्तपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भक्तपुरको नगरपालिका कार्यपालिका सदस्यअन्तर्गत महिलातर्फ वडा नं ३ का सुनिता अवाल (प्रजापति), वडा नं ५ का कृष्णप्यारी भुजू, वडा नं ६ का रोशनमैया सुवाल, भनपा वडा नं ७ का रञ्जना त्वाती र वडा नं ९ का छोरीमैंया सुजखु प्रजापतिको मात्रै उम्मेदवारी परेको थियो ।

संविधानको धारा २१६ को उपधारा ४ बमोजिम निर्विरोध निर्वाचित पाँच जना महिला कार्यपालिका सदस्यलाई मंगलबार सपथसमेत खुवाइएको छ । उनीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सपथ गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर