शितगंगा नगरपालिकाले ८४ वर्ष पुगेका नागरिकलाई २५ हजार रुपैयाँ दिने – Nepal Press

शितगंगा नगरपालिकाले ८४ वर्ष पुगेका नागरिकलाई २५ हजार रुपैयाँ दिने

सुत्केरी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

रुपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मानस्वरुप २५ हजार रुपैयाँ दिने भएको छ ।

८४ वर्ष उमेर पुगेका नागरिकको सम्मानस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख छविलाल पौडेलले जानकारी दिए । उनले वृद्धा अवस्थामा हेरचाह गर्ने घरपरिवारका सदस्यलाई सहज होस् भनेर रकम उपलब्ध गराउने निर्णय गरिएको बताए ।

यस्तै प्रथम कार्यपालिकाको बैठकले नगरपालिकाभित्र प्रयोग गर्ने गरी दुईवटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । सुत्केरी तथा गर्भवती महिला र विपन्न वर्गका मानिसलाई निःशुल्क एम्बुलेन्स सञ्चालन हुनेछन् ।

अन्य व्यक्तिका लागि पनि निशुल्क प्रयोग गर्नेगरी एम्बुलेन्स खरिद गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए ।

उनले नगरपलिकाभित्र १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने समेत बैठकले निर्णय गरेको बताए ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत खनालले नगरपालिका निर्माण भएसँगै ५ वर्षमा नगरपालिकाले प्राप्त गरेका उपलब्धीसहितको कार्य विवरण जनप्रतिनिधमाझ प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *