चुनावमा कार्यकर्तालाई पैसा बाँड्ने गरी बजेट ल्याइयो- अनिल झा – Nepal Press

चुनावमा कार्यकर्तालाई पैसा बाँड्ने गरी बजेट ल्याइयो- अनिल झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले सरकारले आगामी निर्वाचनमा कार्यकर्ता व्यवस्थापन गर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको बताए ।

‘यो बजेट समग्रमा वितरणमुखी हो । यो बजेट ६ महिना पछाडि हुने निर्वाचनमा कार्यकर्ताहरुलाई इन्गेज गर्न र पैसा बाँड्न बनाइएको बजेट हो’, उनले भने ।

झाले बजेटमा कुनै नयाँ कार्यक्रम नभएको भन्दै बजेट ल्याउने परम्पराले निरन्तरता पाएको बताए । ‘देश भएपछि एउटा संसद हुनुपर्ने, सरकार हुनुपर्ने र प्रत्येक वर्ष एउटा बजेट ल्याउनुपर्ने विश्वव्यापी परम्परा र मान्यतालाई अनुसरण गर्दै यसपटकको बजेट पनि ल्याइएको हो’, उनले भने ।

बजेटले नदीजन्य समस्या समाधान र प्राकृतिक विपत्ति न्यूनीकरणको गम्भीर सवाललाई सम्बोधन गर्न नसकेको टिप्पणी गरे । पशु बीमा र कृषि बीमा कार्यक्रम २० प्रतिशत पनि लागू हुन नसकेको भन्दै झाले बजेटमा लेखिएका नारा कार्यान्वयन गरेर देखाउन अर्थमन्त्रीलाई चुनौती दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर