राेल्पा कारागारमा कैदी आत्महत्या घटनाकाे छानबिन गर्न समिति गठन
काठमाडौं । रोल्पा कारागार कार्यालयमा कैदीले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएकाे छ ।
गृहमन्त्री बालकृष्ण खाणले गृहमन्त्री खाणले मंगलबार आत्महत्या घटना सम्बन्धमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएकाे गृहले जनाएकाे छ ।
समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।
समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।
यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईं नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेका थिए ।