अ‍मेरिकाको अर्को एक विद्यालयमा पनि गोली हमला, एकजनाको मृत्यु – Nepal Press

अ‍मेरिकाको अर्को एक विद्यालयमा पनि गोली हमला, एकजनाको मृत्यु

काठमाडौं । अमेरिकाको अर्को एक विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यू अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यू अर्लियन्स प्रहरीले जनाएको छ । ।

गोली लागेर घाइते भएका तीनैजना स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए । गत मंगलबार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कूलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर