‘इनरुट’को अन्योलले ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित, यात्रु मारमा – Nepal Press

‘इनरुट’को अन्योलले ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित, यात्रु मारमा

काठमाडौं । हवाई दुर्घटना कम गर्न ल्याइएको नयाँ नियमले काठमाडौंस्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण आज बिहानदेखि काठमाडौंबाट ‘स्टल सेक्टर’मा उडान हुने कुनै पनि जहाज गन्तव्यका लागि नउडेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

मौसम सफा भए पनि ‘इनरुट’को मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योल भएको बर्तौलाले बताए । ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, विभागले प्रष्ट जानकारी दिएको छैन । जसले एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ’, उनले भने ।

पाइलटहरुले मौसम सफा रहेको भने पनि उडानमा समस्या आएको उनको भनाइ छ ।

सरोकारवाला निकायबीच आवश्यक समन्वयबिना नै यस्तो निर्णय गर्दा समस्या परेको उनले बताए ।

उडान प्रभावित हुँदा यात्रुहरु मारमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *