लुम्बिनीको नीति तथा कार्यक्रम २३ गते आउने, मन्त्रालयहरुमा मस्याैदामाथि छलफल – Nepal Press

लुम्बिनीको नीति तथा कार्यक्रम २३ गते आउने, मन्त्रालयहरुमा मस्याैदामाथि छलफल

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्षका लागि तयार गरिएको सरकारको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल सुरु भएको हाे ।

सरकारकाे तयारीबारे जानकारी दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अन्तरमन्त्रालयबीच प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल गराएको छ ।

कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको प्रदेश सरकारले अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको मुख्यमन्त्री कुलप्रसाद केसीले छलफलमा जानकारी दिएका छन् ।

उनले सरकारमा सहभागी दलको प्रस्तावअनुसार नीति तथा कार्यक्रम समेटिने र त्यसपछि बजेटमा सरकारका सबै मन्त्रालयहरु केन्द्रित रहने भएकाले विशेष ध्यान दिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री कार्यालयले यो नीति तथा कार्यक्रम र बजेटलाई गत साल ल्याएको कार्यक्रमको पूरकको रुपमा तयारी गरिएको जनाएको छ । अहिले सरकारले गरेको तयारीका बारेका समूहगत तथा मन्त्रालयगत छलफल भइरहेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर