हामीले संसदवाद स्वीकारेका छैनौं, क्रान्तिका लागि यो प्रणाली उपयोग गरिएको हो – प्रचण्ड – Nepal Press

हामीले संसदवाद स्वीकारेका छैनौं, क्रान्तिका लागि यो प्रणाली उपयोग गरिएको हो – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले सांसदवाद नस्वीकारेको दाबी गरेका छन् ।

बहुदलीय प्रतिस्पर्धालाई स्वीकार्नुको अर्थ संसद्वादी बन्नु नभएको उनले बताए ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै प्रचण्डले क्रान्तिलाई नयाँ ढंगले अघि बढाउन यो प्रक्रियामा जोडिएको बताए ।

उनले भने, ‘हामीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकारेका हौँ, संसदवादलाई होइन । क्रान्तिलाई नयाँ ढंगले अघि बढाउनका लागि यो प्रक्रियालाई सदुपयोग गर्नुपर्छ मात्र भनेका हौँ ।’

तर, पार्टीको कार्यशैली घोषित उद्देश्यअनुरूप नभएको प्रचण्डले गुनासो गरे ।


प्रतिक्रिया

One thought on “हामीले संसदवाद स्वीकारेका छैनौं, क्रान्तिका लागि यो प्रणाली उपयोग गरिएको हो – प्रचण्ड

  1. जनतालाई किन चुतिया बनाको छेपारे आतङ्ककारी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर