अमेरिकाले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र सहयोग गर्ने – Nepal Press

अमेरिकाले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र सहयोग गर्ने

काठमाडौं । रुस-युक्रेनको युद्ध सुरु भएसँगै युक्रेनको समर्थन गर्दै विभिन्न सहयोगलाई तीव्रता दिइरहेको अमेरिकाले हालै युक्रेनलाई लामो दूरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्र सहयोग गर्ने निर्णय गरेको छ ।

युक्रेनले पछिल्लो समय यस किसिमको क्षेप्यास्त्र माग गर्दै आए पनि अमेरिकाले भने सहयोग नगर्ने बताउँदै आएको थियो । अप्रत्याशित रुपमा अमेरिकाले युक्रेनलाई उक्त क्षेप्यास्त्र सहयोग गर्ने घोषणा गरेसँगै रुसले अमेरिकाको उक्त निर्णयलाई अत्यन्तै नकारात्मक पहलको संज्ञा दिँदै गम्भीर रुपमा हेरिने बताएको छ ।

अमेरिकाका राष्टपति जो बाइडेनले भने अमेरिकाको यस निर्णयले युक्रेनको रुससँग वर्ता गर्न सक्ने वातावरण सशक्त बनाउन सहयोग गर्ने बताएका छन् ।

अमेरिकाले सहयोग गर्ने उक्त क्षेप्यास्त्रलाई ‘हाई मोबिलिटी आर्टिलेरी रकेट सिस्टम’ भनिन्छ । अमेरिकाले यो अत्याधुनिक क्षेप्यास्त्र कुन परिमाणमा सहयोग गर्न लागेको हो भन्नेबारे केही सार्वजनिक गरेको छैन ।

यता जर्मनीले पनि युक्रेनलाई आधुनिक ‘एयर डिफेन्स सिस्टम’ सहयोग उप्लब्ध गराउने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर