बालेन्द्रको निर्णयलाई रेस्टुरेन्टको साथ, आरडीएक्सले आफ्नो शौचालयलाई बनायो सार्वजनिक – Nepal Press

बालेन्द्रको निर्णयलाई रेस्टुरेन्टको साथ, आरडीएक्सले आफ्नो शौचालयलाई बनायो सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरभित्रका रेस्टुरेन्टलाई पब्लिक बनाउने निर्णय लिएलगत्तै यसको कार्यान्वयन सुरू भएको छ । काठमाडौंका रेस्टुरेन्टले मेयर बालेन्द्र साहको पहललाई साथ दिन थालेका छन् ।

मेयरका रूपमा पदभार ग्रहण गरेकै दिन साहले नगर कार्यपालिकाको बैठक डाकेर काठमाडौंका रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेका थिए । उक्त निर्णयअनुसार नरसिंह चोक मार्ग, काठमाडौँमा रहेको आरडिएक्स रेस्टुरेन्ट, ट्याटू एण्ड बारले आजबाट आफ्नो शौचालयलाई सार्वजनिक बनाएको छ ।

रेस्टुरेन्ट, ट्याटू एण्ड बारका सञ्चालक उमेन्द्र श्रेष्ठले आजबाट आफ्नो बारको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग सुरु गरेको बताए ।

उनले भने, ‘हामीले आफ्नै तजबिजमा आजबाट हाम्रो बारको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याएका छौं । कुनै शुल्क नलिइकन हामीले यो सुविधा दिने निर्णय गरेका हौं ।’

महानगर वा अन्य कुनै निकायसँग पनि छलफल नगरी एकल निर्णय गरेको उनले बताए ।


प्रतिक्रिया

3 thoughts on “बालेन्द्रको निर्णयलाई रेस्टुरेन्टको साथ, आरडीएक्सले आफ्नो शौचालयलाई बनायो सार्वजनिक

  1. This is very good news. This process helps to make Kathmandu clean. Even restaurant also get more clients..

  2. धन्यबाद , राम्राे काम काे सुरुवात गर्नु भयकाेमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर