नेतृत्वलाई माओवादी युवा नेताको प्रश्न- ७५३ जना बालेन र हर्क साम्पाङ जन्मिए हाम्रो अवस्था के ? (भिडिओ) – Nepal Press

नेतृत्वलाई माओवादी युवा नेताको प्रश्न- ७५३ जना बालेन र हर्क साम्पाङ जन्मिए हाम्रो अवस्था के ? (भिडिओ)

जनप्रतिनिधिलाई जागिरे मानसकिता त्याग्न सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश विकल्पले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पहिलो दिनबाटै जनताको पक्षमा प्रभावकारी काम गर्न आग्रह गरेका छन् ।

जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका स्थानीय तह विभागका उपप्रमुखसमेत रहेका विकल्पले जनप्रतिनिधिले जागिरे मानसिकता त्याग्नुपर्ने बताए ।

‘सत्तामा जानेहरू पार्टीका अनुहार हुन् । जागिरे मानसिकता त्यागेर काम गर्नुपर्‍यो । जनप्रतिनिधिका फोन नउठ्ने जनतासँग सम्पर्क नहुने गुनासा नबढोस्’, प्रकाशले भने, ‘एउटा निर्वाचन जित्ने ठूलो कुरा होइन जनपक्षीय काम गरेर भोलि मर्दा कति मलामी र कति क्रान्तिकारी धार निर्माण गर्छौं त्यो प्रधान हो ।’

जनप्रतिनिधिलाई पहिलो दिनबाटै उत्कृष्ट काम गर्न सुझाव दिँदै उनले त्यसो हुँदा मात्र आगामी निर्वाचनमा थप सफल हुने बताए ।

बालेन र हर्क साम्पाङको उदाहरण दिँदै उनले स्वतन्त्र उम्मेदवार उदाउनु चानचुने चुनौती नभएको बताए ।

नेतृत्वप्रति प्रश्न गर्दै प्रकाशले भने, ‘आज दुईजना बालेन र हर्क साम्पाङ जन्मिएका छन् । भोलि ७५३ जना जन्मिए भने के हुन्छ हाम्रो अवस्था ?’

उनले थपे, ‘गणतन्त्रमाथि धावा बोल्दा र राजेन्द्र लिङदेनको जनमत बन्दा सिंगो माओवादी केन्द्रजस्ता क्रान्तिकारी पार्टी र यसका सदस्यलाई दोष जानुपर्छ ।’

प्रकाशले उठाएको विषयको प्रचण्डसमेत जवाफ दिन बाध्य भए । उनले स्वतन्त्रले देश चलाउने भ्रममा नपर्न भन्दै माओवादीकै एजेण्डा बोकेर उनीहरूले चुनाव जितेको बताए ।


प्रतिक्रिया

One thought on “नेतृत्वलाई माओवादी युवा नेताको प्रश्न- ७५३ जना बालेन र हर्क साम्पाङ जन्मिए हाम्रो अवस्था के ? (भिडिओ)

  1. Prachanda camrade ajai Pani arulai jhukkyaune Ra arkako bui chadhera prapta saflta lai herera makkha parne Bani chadnu bhayena bhane herdai jannu Aune 5 barsa samma Kati Baki rahanxan.
    Arkako Pragati Ra afno kamjodi ta dekhnai na chhane Badere prabriti.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर