सुर्खेत जिसस गठनमा एमाले-माओवादी मिल्ने, आफूलाई पनि समेट्न कांग्रेसको आग्रह – Nepal Press

सुर्खेत जिसस गठनमा एमाले-माओवादी मिल्ने, आफूलाई पनि समेट्न कांग्रेसको आग्रह

सुर्खेत । सुर्खेतको जिल्ला समन्वय समिति गठनमा एमाले र माओवादीबीच गठबन्धन हुने निश्चित भएको छ । यसअघि चौकुने गाउँपालिकामा गठबन्धन गरेका माओवादी र एमालेले जिसस गठनमा पनि तालमेल गर्ने भएका हुन् ।

‘जिसस गठनमा एमालेसँग गठबन्धन गर्ने करिब निश्चित भएको छ, एक दुई दिनमा सहमति होला’, वामगठबन्धन गरेर नै जाँदा उपयुक्त हुन्छ भन्ने निष्कर्षमा हामी दुवै दल पुगेका छौं’ माओवादीका जिल्ला अध्यक्ष जितबहादुर रानाले भने ।

एमालेका जिल्ला प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले पनि वामगठबन्धन बन्ने सम्भावना बढेको बताए ।

१८ मतदाता रहेको जिल्ला समन्वय समितिमा एमाले एक्लैको नौ मत छ भने कांग्रेस र माओवादीको गरी नौ मत छ । जिल्ला समन्वय समितिमा नेतृत्व लिन कम्तिमा दश मत चाहिन्छ । गठबन्धनसँग नौ भोट मात्रै भएका कारण कि त गोलाप्रथामा सहभागी हुनुपर्ने बाध्यता छ नभए एमालेसँग तालमेल गर्न आवश्यक हुन्छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेसँग कांग्रेसले पनि गठबन्धनको इच्छा देखाएको छ । जिल्ला समन्वय समितिको उपप्रमुख दिएको खण्डमा नेपाली कांग्रेसले एमालेसँग समन्वयको चुनावमा सहकार्य गर्न सक्छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीले एमालेसँग मिलेर जान प्रस्ताव गरिएको स्वीकारे ।

एमाले र माओवादीबीचमा प्रमुखसहित एमालेले पाँच तथा उपप्रमुखसहित चार सदस्य लिनेबारेमा आन्तरिक छलफल चलिरहेको माओवादी स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर