तीन मिनेटको फरकमा चीनमा दुई शक्तिशाली भुकम्प, ४ जनाको मृत्‍यु – Nepal Press

तीन मिनेटको फरकमा चीनमा दुई शक्तिशाली भुकम्प, ४ जनाको मृत्‍यु

काठमाडौं । चीनको सिचुआन प्रान्तमा अवस्थित याआन सहरमा बुधबार गएको दुई शक्तिशाली भुकम्पमा परी कम्तीमा ४ जनाको मृत्‍यु भएको छ भने १४ जना घाइते भएका छन् ।

चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जानकारी गराएअनुसार लुसान काउन्टीमा साँझ ५ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको तीन मिनेटपछि सहर नजिकैको बाओक्सिङ काउन्टीमा पनि ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भुकम्पले रेल मार्ग र केही घरहरुमा समेत क्षति पुर्याएको मिडिया रिपोर्टमा उल्लेख छ ।

भुकम्पपछि सिचुआन प्रान्तीय भूगर्भीय प्रकोप व्यवस्थापन कार्यालयले आगामी २४ घण्टामा यानका पाँच र चेङ्दुका दुई लगायतका सातवटा काउन्टी(स्तरीय क्षेत्रहरू भौगोलिक विपद्को अपेक्षाकृत उच्च जोखिममा रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर