मधेस सरकारको नीति तथा कार्यक्रम जेठ २२ मा आउने, काठमाडौंको चस्माले हेर्ने प्रयासलाई विफल पारेको मुख्यमन्त्रीको दाबी – Nepal Press

मधेस सरकारको नीति तथा कार्यक्रम जेठ २२ मा आउने, काठमाडौंको चस्माले हेर्ने प्रयासलाई विफल पारेको मुख्यमन्त्रीको दाबी

जनकपुरधाम । मधेस सरकारले जेठ २२ गते आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते दिउँसो ४ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने विषयमा जानकारी गराए ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आ–आफ्नो भेषभुषामा सहभागी हुन प्रदेश सांसदहरुलाई आग्रह गरेका छन् ।

बिहीबारदेखि प्रदेशसभाको नवौं अधिवेशन सुरु भएको छ । प्रदेशसभामा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले अबको नीति तथा कार्यक्रम अन्तिम भएकाले विगतका तुलनामा बढी राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले सोचेका र चिताएका धेरै काम गर्न नसके पनि प्रयास जारी राखेको बताए । मुख्यमन्त्री राउतले काठमाडौंको चस्माले हेर्ने दृष्टिले असफल पार्ने प्रयास गरे पनि अहिलेसम्म त्यस्ता प्रयासहरुलाई विफल बनाएको बताए ।

प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकेको विषयलाई लक्षित गर्दै उनले भने, ‘संविधानसभाले २ पटकमा पनि गर्न नसकेको काम हामीले एक पटकमा गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर