सदनमा मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल – Nepal Press

सदनमा मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

काठमाडौं । प्रतिनिधिसभामा मूल्यवृद्धिसम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।

पेट्रोलियम पदार्थसहितका वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरिएको भन्दै संसदमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तावक विशाल भट्टराईले प्रस्तुत गरेका हुन् ।

साथै उक्त प्रस्तावको समर्थनमा गणेशकुमार पहाडी, राजेन्द्रप्रसाद लिङ्देन र दुर्गा पौडेल रहेका छन् ।

बैठकमा प्रस्ताव पेस गरेका भट्टराई र समर्थनमा बोलेका सांसदहरूले अस्वाभाविक रूपमा मूल्यवृद्धि भइरहँदा सरकारले बजार अनुमगनसमेत नगरेको बताएका छन् ।

मूल्यवृद्धिका कारण जनजीवन कष्टकर बनिरहँदा सरकार मूल्यवृद्धि घटाउन उनीहरूको माग छ । पेट्रोलियम पदार्थमा लगाइएका कर घटाएर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

पेट्रोलियम पदार्थ आयात गर्न आयल निगमको एकाधिकार तोडेर निजी क्षेत्रलाई कमिसन खाएर दिन लागेको आशंका गरेका उनीहरूले आपत्ति जनाए ।

अहिले उक्त प्रस्तावमाथि छलफल भइरहेको छ । छलफलका लागि दुई घण्टा छुट्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर