केरुङदेखि त्रिशुलीसम्म पाइपलाइन बिछ्याएर त्रिशुलीमा इन्धन स्टोरेज गरौंः सांसद तामाङ – Nepal Press

केरुङदेखि त्रिशुलीसम्म पाइपलाइन बिछ्याएर त्रिशुलीमा इन्धन स्टोरेज गरौंः सांसद तामाङ

काठमाडाैं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले केरुङदेखि त्रिशुलीसम्म पाइपलाइन बिछ्याएर त्रिशुलीमा स्टोरेज गरी इन्धन संकट समाधान गर्नुपर्ने बताएका छन् ।

उनले संसदमा एमाले सांसदद्वारा प्रस्तुत मूल्यवृद्धि नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै चीनबाट ल्याउँदा ५० प्रतिशत सस्तो पर्ने भएको हुँदा केरुङबाट तेल ल्याउनुपर्ने बताएका हुन् ।

अन्य देशबाट इन्धन ल्याउँदा महंगो परेको भन्दै चीनबाट ल्याउनुपर्ने र केरुङबाट इन्धन ल्याउनेबारे अध्ययन भएको बताउँदै सांसद तामाङले केरुङदेखि त्रिशुलीसम्म पाइपलाइन बिछ्याएर त्रिशुलीमा स्टोरेज गरी इन्धन संकट समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद तामाङले ५ र १० रुपैयाँ कर घटाएर केही नहुनेसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर