फुटपछि विप्लवको पार्टीले तोक्यो महाधिवेशनको मिति – Nepal Press

फुटपछि विप्लवको पार्टीले तोक्यो महाधिवेशनको मिति

'सुदर्शन-कञ्चनहरू छुट्टिनुमा रुढीवादी-बुर्जुवा अराजकतावादी विचलन'

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवौँ महाधिवेशनको मिति तय गरेको छ ।

पार्टीको ८औं केन्द्रीय समिति बैठकले महाधिवेशन असोज १ गतेदेखि ८गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको हो ।

त्यसअघि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेसम्म जिल्ला सम्मेलन गर्ने सो पार्टीले जनाएको छ ।

नेकपाले पार्टी विभाजन गर्ने हेमन्त प्रकाश ओली लगायतका नेताहरुमा रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप पनि लगाएको छ ।

देश र श्रमिक जनताको नेतृत्व गर्ने पार्टीको सर्वोच्च निकायमा राष्ट्रको जिम्मेवारी सम्हाल्नुपर्नेमा अति अनुत्तरदायी विचलन देखा पर्नु दुःखद भएको पनि विप्लव नेकपाले जनाएको छ ।

पार्टी विभाजनअघि नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू मौलाउन थालेको उल्लेख गर्दै सो समूहभित्र रहेका सबै इमानदार कार्यकर्ताहरूलाई पार्टीमा फर्काउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर