आर्थिक अनुशासनमा रहेर बजेट बनाएको छुः अर्थमन्त्री – Nepal Press

आर्थिक अनुशासनमा रहेर बजेट बनाएको छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० बजेट निर्माण गर्दा आर्थिक अनुशासनमा रहेको बताएका छन् ।

बजेटमाथि सदनमा उठेका सवालको जवाफ दिने क्रममा उनले यो बजेट निर्वाचनकेन्द्रित नभएर जनतामुखी भएको प्रष्ट्याएका छन् ।

शर्माले भने, ‘यसभन्दा अघिको बजेट अघिल्लो वर्षको तुलनामा १० प्रतिशत हुने गरेकोमा नयाँ बजेटमा ९ प्रतिशत मात्रै रहेको छ ।’

बजेट धेरै सचेत र समियमित भएको ल्याएको उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले संविधानमा कति समयका लागि बजेट बनाउने भनेर लेखेको नभेटको बताएका छन् । छलफलमा नेकपा एमालेका संसदले प्रदेश र केन्द्रको निर्वाचनभन्दा अगाडिसम्म मात्रै रहने सरकारले ५ वर्षको लागि भनेर विभिन्न आयोजनामा बजेट हालेको भनाइप्रति जवाफ दिँदै उनले भने, ‘संविधानमा कति समयको लागि बजेट ल्याउने भनेर लेखेको कतै भटिन । नयाँ बजेट १ वर्षको लागि आएको हो । संविधानमा ५ महिनाको लागि मात्रै बजेट ल्याउने भनेर लखेको भए ५ महिनाको लागि मात्रै बजेट ल्याउने थिए ।’

बजेटले तोके अनुसार ८ प्रतिशत नै आर्थिक वृद्धि हुने उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर