अर्थमन्त्री भन्छन्- बजेटले आन्तरिक उत्पादनमा जोड दिएको छ – Nepal Press

अर्थमन्त्री भन्छन्- बजेटले आन्तरिक उत्पादनमा जोड दिएको छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक उत्पादनमा बजेटले जोड दिएको बताएका छन् ।

आर्थिक संकट आउन लागेको बेला नयाँ बजेटले सम्बोधन नगरेको सांसदहरूको सवालप्रति उनले आर्थिक समस्या आउन नदिन आन्तरिक उत्पादनमा जोड दिएको बताए ।

बुढिगण्डकी जलविद्युत आयोजनाको काम यही सरकारले सुरू गर्ने मन्त्री शर्माले बताएका छन् ।

उनले भने, ‘बुढीगण्डकीको काम यही सरकारले सुरू गर्नेछ । आयोजनबाट नै पैसा उठ्ने गरेर कामको सुरू हुनेछ ।’

बजेटमाथि सदनमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर