रातो मछिन्द्रनाथकाे भाेटाे जात्राको अवसरमा भोलि सार्वजनिक बिदा – Nepal Press

रातो मछिन्द्रनाथकाे भाेटाे जात्राको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले रातो मछिन्द्रनाथको जात्राको अवसरमा जेठ २१ अर्थात शनिबार सार्वजनिक बिदा दिएको छ ।

रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो । भाेलि शनिबारसमेत परेकाे छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकाे छ । उक्त दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम रहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर