रुपन्देहीकाे सैनामैना नगर कार्यपालिका निर्वाचनमा एमालेकाे प्यानलै विजयी – Nepal Press

रुपन्देहीकाे सैनामैना नगर कार्यपालिका निर्वाचनमा एमालेकाे प्यानलै विजयी

रूपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेकाे प्यानलै विजयी भएकाे छ । शुक्रबार भएको निर्वाचनमा एमालेका आठै जना उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचनबाट एमालेका टेकबहादुर विश्वकर्मा, डोलबहादुर सार्की, सुरज बराल, दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, मायादेवी बिक, मीरा क्षेत्री र सीता थारु निर्वाचित भएका छन् ।

अब सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा १२ जना नेकपा एमालेले हात पारेको छ । सत्ता गठबन्धन ५ जना सदस्यमा सीमित भएको छ ।

सैनामैना नगरपालिकाकाे प्रमुखसहित ४ जना वडा अध्यक्ष र १२ जना वडा सदस्य गरी १७ जना जितेको सत्ता गठबन्धन कार्यपालिकामा अल्पमतमा परेको हाे । उपप्रमुखसहित ७ जना वडा अध्यक्ष र ३२ जना वडा सदस्य जितेको एमाले कार्यपालिकामा बलियो देखिएको छ।

यसैगरी ६० सदस्यीय नगरसभामा एमाले ४३ मतका साथ बहुमतमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर