प्लानिङ ब्वाइज बी डिभिजनमा बढुवा – Nepal Press

प्लानिङ ब्वाइज बी डिभिजनमा बढुवा

काठमाडौं । सहिद स्मारक‘सी’ डिभिजन लिगको अन्तिम खेलमा ओआसिस क्लबलाई ५-० गोलले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजन लिगमा बढुवा भएको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा प्लानिङका फागुराम थारुले ह्याट्रिक गरे भने ओमप्रकाश चौधरी र अर्जुनकुमार राणाले एक-एक गोल गरे ।

फागुरामले खेलको तेस्रो मिनेटमा गोल गर्दै प्लानिङलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ८ मिनेटमै व्यक्तिगत दोस्रो गोल र १६औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

अर्जुनले ४३औं मिनेटमा प्लानिङका लागि चौथो गोल गरे । प्रकाशले ८२औं मिनेटमा गोल गर्दै प्लानिङको जित ५-० ले सुनिश्चित गरे ।

प्लानिङले लिगमा ४ बराबरी र नौ जितको नतिजा निकालेको छ । प्लानिङ लिगमा एक खेल पनि नहार्ने टिम हो ।

यसअघि एक खेलअगावै झापा फुटबल क्लब विजेताको रुपमा बी डिभिजनमा बढुवा भएको थियो । यस्तै, वीरगञ्ज युनाइटेड र ओआसिस क्लब रेलिगेसनमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *