प्रदेश र संघको चुनावमा पार्टीलाई पहिलो बनाउने गरी काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन – Nepal Press

प्रदेश र संघको चुनावमा पार्टीलाई पहिलो बनाउने गरी काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा माओवादीलाई पहिलो पार्टी बनाउने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

शुक्रबार खुमलटार पुगेका माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन प्रचण्डले निर्देशन दिएका हुन् ।

कर्णालीसहित देशभर स्थानीय तहको चुनावमा अपेक्षा अनुरूपको परिणाम नआएको बताउँदै प्रचण्डले प्रदेश तथा संघीय निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्नेमा जोड दिए ।

माओ‌वादीले आफ्नो पार्टीका जनप्रतिनिधिलाई काठमाडौंमा बोलाएर प्रशिक्षण दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर