यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सदनमा पेस
काठमाडौं । संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् ।
सो विधेयक पेस गर्ने क्रममा मन्त्री शर्माले यौन हिंसाका पीडकलाई मृत्युदण्ड दिने व्यवस्थाको माग भए पनि यो संविधानविपरीत हुने भएकाले मृत्युदण्डको कानुन बनाउन नसकिने बताए ।
यसअघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९, ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरेका थिए ।