कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आयोगको आग्रह – Nepal Press

कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ । जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म कार्य क्षेत्र नछाड्न आयोगले आग्रह गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रवार विज्ञप्ति जारी गरेर निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।

आयोगले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि बीचमा रोक्न नमिल्ने भएकोले निर्वाचन प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम आयोजना नगर्न/नगराउन तीनै तहका सरकार, राजनीतितक दल र अन्य सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

यथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगबाट निर्देशन गरिसकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहका निर्वाचनको परिणाम घोषणा भइसकेपछि देशभर गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन भइरहेको छ ।

बुढीगंगा गाउँपालिकामा भने पुन: निर्वाचन गर्ने निर्णय आयोगले यसअघि नै गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर