लम्की चुहाको कार्यपालिकामा आठ मध्ये सात एमालेका उम्मेदवार विजयी – Nepal Press

लम्की चुहाको कार्यपालिकामा आठ मध्ये सात एमालेका उम्मेदवार विजयी

कैलाली । कैलाली लम्की चुहामा आठ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । नेकपा एमालेबाट ७ जना र माओवादी केन्द्रबाट १ जना निर्वाचित भएका हुन् ।

एमालेबाट ५ महिला खुल्ला सदस्यमा दिपा रावत ,सुमित्रा चौधरी ,ज्योती बिक,सेतु बिक ,र दुर्गा उखेडा विजयी भएका हुन् । अल्पसङ्ख्यक वा दलित सदस्यमा पनि एमालेका उजिर सिंह सुनार विजयी भएका छन् ।

अल्पसङ्ख्यक वा दलित सदस्य तर्फ अन्य दुई पदमा एमाले, माओवादी, नेपाली कांग्रेस र जनता समाजवादीको चार जनाले बराबर मत पाएका थिए ।

४ जनाको समान २५ मत प्राप्त गरेपछि गोला प्रथा बाट नेकपा एमालेका झपट बिक र माओवादी केन्द्रका कोकिला दमाई विजयी भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए । जम्मा खसेको ५२ मत मा २ मत बदर भएको थियो ।

२० जना कार्यपालिका सदस्य रहेको लम्की चुहामा एमालेको १० र गठबन्धनका १० सदस्य भएका छन् । यहाँ प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रसकी सुशीला शाही र एमालेको तर्फबाट जुना चौधरी विजयी भएका थिए । यहाँ प्रमुख उपप्रमुख नै महिला छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर