साइकल लेनबारे बालेनको टिप्पणी- अध्ययन नगरी हुन्न, गाडीसँगै कुदाउँदा दुर्घटना हुन्छ (भिडिओ) – Nepal Press

साइकल लेनबारे बालेनको टिप्पणी- अध्ययन नगरी हुन्न, गाडीसँगै कुदाउँदा दुर्घटना हुन्छ (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विस्तृत अध्ययन नगरी साइकल लेन बनाउन नसकिने बताएका छन् ।

साइकल डे का अवसरमा शनिबार काठमाडौंको दरवारमार्गमा आयोजित कार्यक्रममा मेयर शाहले गाडी सँगसँगै साइकल कुदाउँदा दुर्घटना हुँने भन्दै अध्ययन गरेरमात्र निर्णय लिइने बताए ।

बालेनले भने–हामी हप्ताको एक दिन साइकल डे बनाउँन सक्छांै कि,साइकलको लागि लेन बनाउँन सक्छौं अध्ययन गरेर के हुन्छ हेर्छु । अध्ययन नगरी केही हुन्न,गाडी सँगसँगै कुदाउँदा दुर्घटना हुनसक्छ,त्यहि भएर पहिले सबै कोणबाट अध्ययन गर्नुपर्छ । साइकल भनेको पेट्रोलियमको बचन पनि हो,यसले स्वस्थ पनि बनाउँछ ।

मेयर साहले चुनाव लड्दा विभिन्न दलका मेयरका उम्मेदवारले प्रतिबद्धतापत्र दिएको भन्दै आफूलाई मेयर जित्छ भनेर नपत्याइएकाले सबैको प्रतिबद्धतापत्र हेर्न नपाएको बताए । उनले अरुका प्रतिबद्धतापत्र पनि हेरेर कार्यन्वयन गर्ने आश्वासन समेत दिए ।


प्रतिक्रिया

One thought on “साइकल लेनबारे बालेनको टिप्पणी- अध्ययन नगरी हुन्न, गाडीसँगै कुदाउँदा दुर्घटना हुन्छ (भिडिओ)

  1. सवारी साधान को लैन भन्दा ५ मितर ताधा सेफ्ती सहितको हुनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर