प्रचण्ड सपनाको फल : बालेन र हर्क राई – Nepal Press

प्रचण्ड सपनाको फल : बालेन र हर्क राई

केही समय अगाडि ‘प्रचण्डलाई कसरी हेर्ने’ भन्ने विषयमा एक अनलाइनमा मेरो एउटा लेख प्रकाशन भएको थियो । उक्त लेखको केही कुरा आज यो लेखको पनि अशं बनाउन सान्दर्भिक ठानेको छु ।

लेखमा मैले भनेको थिएँ-वस्तुतः प्रचण्ड वा माओवादीलाई ठिक ढंगले बुझ्न क्रान्तिको नियम बुझ्नुपर्दछ । क्रान्तिको नियम बुझ्न परिवर्तनको नियम बुझ्नुपदर्छ । परिवर्तनको नियम बुझ्न प्रकृति र विज्ञानको नियमका अलावा समाज रुपान्तरणको प्रकृया पनि बुझ्नुपर्ने हुन्छ । यति बुझेपछि मात्र आइन्सटाइनदेखि, ग्यालिलियो , नेल्शन मण्डेला, चाल्र्स डार्बिन, बिपी, पुस्पलालदेखि प्रचण्डसम्मले मानवजातिका लागि पुर्‍याएको योगदानलाई बुझ्न सकिन्छ । परिवर्तनकारी मान्छे र आन्दोलनलाई सिधा बुझ्न खोजेपछि चिज बिग्रिन्छ । त्यसकारण, सोझो ढंगले बुझियो भने प्रचण्डलाई मानवजातिको अग्रगतिमा अतुलनीय योगदान गर्ने महान नेता होइन, हत्यारो देख्न पुगिन्छ । अहिले भैरहेको पनि त्यही हो ।

आजका प्रचण्डको मात्र कुरा हैन, गौतम बुद्धलाई पनि तत्कालीन समाजले कहाँ चैनका साथ बाँच्न दिएको थियो र ! उनलाई पनि समाज भाँडेको आरोप लागेकै हो । उनका विरुद्ध पनि तमाम् षड्यन्त्र रचिएकै हो । भलै, समयक्रमसँगै गौतम बुद्धको देवत्वकरण भयो र आज उनका ठूल्ठुल्ला मूर्ति बनाइएको छ, उनका मूर्तिमा पूजा गरिन्छ । गौतम बुद्धको सामाजिक न्यायको मुद्दालाई त अहिले पनि मानिसले बुझ्न सकेकै छैनन् । हो, प्रचण्डले हिँडेको बाटो पनि बुद्धकै बाटो हो । सिर्फ, आन्दोलनको विधि र प्रकृया मात्र फरक हो, उद्देश्य एउटै हो ।

बालेन र हर्कले पनि विद्यमान दलीय राजनीतिक मूल्यकाविरुद्धमा निर्वाचनको माध्यमद्धारा विद्रोह गरेका हुन् । तर, उनीहरुलाई विद्रोही बनाउने ज्ञान निर्माणको स्रोत चाहिँ मुलतः माओवादी आन्दोलन नै हो ।

यो तथ्यलाई ठिक ढंगले बुझ्न हामीले परिवर्तनको ऐतिहासिक तथ्य बुझ्नुपर्दछ । हामी सबैले पढेको र सुनेकै विषय हो, मानिस कुनै बेला गिट्ठा भ्याकुर खान्थे, ओडारमा वस्थे ! यति स्मरण भएपछि अब आफूले आफैलाई प्रश्न गरौं, त्यस्तो आदिम मानिस आज कसरी विज्ञान र प्रविधिको युगमा आइपुग्यो ? यसको जवाफ हो, मानिस यहाँसम्म आइपुग्नलाई तत्कालिन समाजका सचेत मानिसले तत्कालिन सामाजिक विश्वास र मुल्यकाविरुद्ध असहमति प्रकाट गरे, विद्रोह गरे । असहमती, अन्दोलन वा कुनै न कुनै मानेमा अवज्ञा गरेर तत्कालिन सामाजिक मूल्यलाई भत्काइदिए ।

मानवजातिको अग्रगतिका लागि एन्टिथेसिस् जरुरी हुन्छ । यो भनेको क्रमभंगताको नियम हो । अर्थात्, आज जहाँ र जस्तो छौं, भोलि त्यहिँ र त्यस्तै नरहने भनेको हो । मानवजातिको अग्रगतिका लागि एन्टिथेसिस् अर्थात् क्रमभंगता अनिवार्य सर्त हो । बुद्धदेखि ग्यालिलियो हुँदै चल्स डार्बिनदेखि नेल्शन मण्डेला मात्र हैन, बिपी, पुस्पलालदेखि प्रचण्डसम्मले प्रयोग गरेको नियम भनेकै क्रमभंगताको नियम हो ।‘ अब यो नियमको प्रयोगकर्तामा स्थानीय तह निर्वाचन २०७९ ले दुइजनाको नाम थपेको छ, ति हुन बालेन शाह र हर्क राई ।

बालेन र हर्कको ज्ञान निर्माणको स्रोत माओवादी

बालेन र हर्कले पनि विद्यमान दलीय राजनीतिक मूल्यकाविरुद्धमा निर्वाचनको माध्यमद्धारा विद्रोह गरेका हुन् । तर, उनीहरुलाई विद्रोही बनाउने ज्ञान निर्माणको स्रोत चाहिँ मुलतः माओवादी आन्दोलन नै हो । किनकी, माओवादी र परिवर्तनकारी आन्दोलन नभएको भए, बालेन शाह र हर्क राई मेयर पदका लागि निर्वाचन लड्नै अयोग्य हुन्थे । यो दाबीमा थप प्रष्ट हुन प्रचण्डको नेतृत्वमा भएको माओवादी आन्दोलन, त्यसको पृष्ठभूमि र मागलाई पुनं एकपटक स्मरण गर्नुपर्ने हुन्छ ।

वस्तुतः माओवादी आन्दोलनको मुलभूत माग थियो, एकात्मक हिन्दू सामन्ती राजतन्त्रको अन्त्य गरी नागरिक देशको प्रमुख अर्थात् राष्ट्रपति हुन पाउँनुपर्ने, मधेशी, महिला, दनलित, आदिवासी–जनजाती, पछाडि पारिएको क्षेत्र, वर्ग, लिगं र जातको राज्यसत्ता समान पहुँच स्थापित हुनुपर्ने र यी सबै मागलाई संस्थागत गर्न नागरिकका प्रतिनिधिबाट बनेको संविधानसभाबाट संविधान निर्माण गरी लागू गर्नुपर्ने । माओवादीले यी माग किन अगाडि सार्यो त ? यसको विषयमा पनि गम्भिरतापूर्वका बुझ्न फेरि एकपटक गणतन्त्र आउनु अगाडिको शासन व्यवस्था र त्यसको प्रमुख विशेषता कस्तो थियो बुझ्नुपर्ने हुन्छ ।

माओवादीले अगाडि सारेको माग प्राप्तिका लागि हजारौं नागरिक सहिद, बेपता र घाइते भएका छन् । तिनै सहिद, बेपता र घाइतेको योगदानबाट आजको दिन प्राप्त भएको हो । माओवादी आन्दोलनले सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा पुर्‍याएको योगदानलाई ठिक ढंगले बुझ्न यहाँ थप एउटा तथ्य पनि हेरौं ।

नेपालमा गणतन्त्र आउनुभन्दा अगाडि एकात्मक हिन्दू सामन्ती राजतन्त्रात्मक व्यवस्था थियो । यो व्यवस्थाको मुख्य विशेषता भनेको देशको सबैभन्दा माथि हिन्दू राजा हुन्थ्यो, शासन सत्तामा पहाडे समुदायको पुरुष हुन्थ्यो, यो सत्ता मधेशीलाई नेपाली हैन विहारी देख्थ्यो, असमानता र विभेदलाई स्वभाविक मान्दथ्यो, गरिब हुनुलाई पूर्व जन्मको पाप ठान्दथ्यो । अर्थात्, हिन्दू सामन्ती राजतन्त्रात्मक व्यवस्थाको मुख्य विशेषता भनेकै एक जात, एक वर्ग, एक लिङ्ग एक धर्म, एक भेषभुषा, एक भाषा र एक संस्कृति थियो ।

अपवादबाहेक एकल जातिको वर्चश्व राजतन्त्रात्मक व्यवस्थाको पहिँचान थियो । यो सत्ताले अरुका भाषा, धर्म, संस्कृति, मुल्य–मान्यता, भेषभुषा आदिमाथि बल प्रयोग गरेर निषेध गर्दथ्यो । यो एकात्मक सामन्ती राजतन्त्रात्मक शासन शक्ताको सैद्धान्तिक स्रोत थियो, हिन्दू भाष्य ।

मधेशीलाई नेपाली बोल्न नजानेको भनेर नागरिकताबाट बन्चित गरिएको थिाये । छिट्फुट दिइहाले टोपी लगाएको ढाका फोटो खिच्नु पर्दथ्यो । जबकी, टोपी मधेशीको संस्कृति नै हैन । यतिसम्म कि, सामन्ती शासनले दशै‌ंमा टीका नलगाएको निहुँमा धनकुटाका आठ्पहरिया राईलाई झुन्ड्यार मारेको इतिहास साक्षी छ ।

मधेशीलाई २०११ सालसम्म पनि काठमाडौं प्रवेश गर्न दिँदैनथ्यो, दिन्थ्यो त केवल वर्षमा एक पटक, शिवरात्रीका दिन । यही पृष्ठभूमिमा लिङ्ग, जात, मधेश–पहाड, कर्णाली, धनी–गरीब, सबै धर्म र वर्गले समानता र बराबरी अधिकार पाउँनुपर्छ भन्ने कुरा नै प्रचण्डको नेतृत्वमा भएको माओवादी आन्दोलनको मुख्य माग हो ।

माओवादीले अगाडि सारेको माग प्राप्तिका लागि हजारौं नागरिक सहिद, बेपता र घाइते भएका छन् । तिनै सहिद, बेपता र घाइतेको योगदानबाट आजको दिन प्राप्त भएको हो । माओवादी आन्दोलनले सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा पुर्‍याएको योगदानलाई ठिक ढंगले बुझ्न यहाँ थप एउटा तथ्य पनि हेरौं ।

नेपालमा गणतन्त्र नआउँदासम्म कति मधेशी, जनजाती, महिला, दलित, गरिब किसान, थारु, मुस्लिम आदि नेपालको मन्त्री र कर्मचारीतन्त्रमा थिए र गणतन्त्र आइसकेपछि कति छन् ? अध्ययन गरेर तथ्यांकमा परिणाम हेर्न सक्छौ हामी । यो अति सत्य हो कि अपवादबाहेक, सामान्यतः यि वर्ग समुदाय, लिङ्ग, जात र क्षेत्रका मान्छे शासन सत्तामा थिएनन् । उनीहरु हरुवाचरुवा, गोठालो–खेताला, कमैया अर्थात् अघोषित दासका रुपमा थिए ।

बालेन र हर्क राईले विजयमा लगाएको रातो टीकामा सामाजिक–राजनीतिक रुपान्तरणका लागि वलिदानी गर्ने माओवादी जनयुद्धका महान सहिदको रगत मिसिएको छ । बालेन र हर्क राईको जिम्मेवारीसँग सहिद, बेपता र घाइतेको सपना जोडिएको छ ।

राज्य शत्तामा पहुँच त धेरै टाढाको कुरा पेटभरी खान पाउनु ठूलो थियो उनीहरुका लागि । तर, आज हरेक क्षेत्रमा महिला, मधेशी, थारु, जनजाती, दलित, गरिब र किसान नेतृत्वमा पुग्न सकेको छ । यही श्रृंखलाको पछिल्लो प्रतिनिधि पात्र हुन बालेन र हर्क राई । त्यसकारण, बालेन र हर्कलाई चुनाव जिताउने वर्ग समुदायले माओवादी आन्दोलन र प्रचण्डलाई स्याबासी दिनुपर्दछ ।

किनकी, उहाँहरुको राजनीतिमा जर्वजस्त उदयको करण प्रचण्ड र माओवादी आन्दोलन हो । प्रचण्ड र माओवादी आन्दोलनलाई दुत्कारेर बालेन र हर्क राईको विजयमा वाहवाही गर्नु इतिहासप्रतिको अपमान हुन जान्छ ।

खैर, स्थानीय निर्वाचन २०७९ मा काठमाडौंमा माओवादीले हार्‍यो, धरानमा उपमेयर जित्यो । तर, आज माओवादीले रोपेको सपनाको बिरुवा हलक्कै हुर्किएर फलसमेत दिन थालेको छ । त्यो फलको पछिल्लो नाम हो, बालेन शाह र हर्क राई । आफूले हारियो वा जितियो त्यो महत्वपूर्ण हैन, तर आफूले देखेको सपना साकार हुनु प्रचण्ड र उहाँको नेतृत्वमा जनयुद्धमा समेल भएका तमाम् मानिसका लागि सामान्य परिघटना पटक्कै हैन ।

त्यसकारण, आज बालेन र हर्क राईहरुले चुनाव जित्दै गर्दा माओवादी आन्दोलनको अन्वेषण र नेतृत्व गर्ने प्रचण्ड जति खुसी अरु को हुन सक्छ र ?

बालेन र हर्क राईले विजयमा लगाएको रातो टीकामा सामाजिक–राजनीतिक रुपान्तरणका लागि वलिदानी गर्ने माओवादी जनयुद्धका महान सहिदको रगत मिसिएको छ । बालेन र हर्क राईको जिम्मेवारीसँग सहिद, बेपता र घाइतेको सपना जोडिएको छ । अतः दलीय राजनीतिको वर्तमान व्यवस्थामाथि धावा वोल्न सफल बालेन र हर्क राईले उत्कृष्ट काम गरेर सहिदको सपना साकार पार्नुपर्दछ ।

हजारौ वर्षदेखि उत्पीडनमा परेको वर्ग समुदायले गर्व गर्न लायक काम गर्नुपर्दछ । मधेशी र आदिवासी–जनजातिका लागि प्रेरणाको स्रोत बन्नुपर्दछ । आम युवाका लागि रोलमोडल बन्दै इतिहास रच्नुपर्दछ । शुभकामना बालेन र हर्क राईलाई ।

 


प्रतिक्रिया

2 thoughts on “प्रचण्ड सपनाको फल : बालेन र हर्क राई

  1. परिवर्तनको वाहक एक्लो आफु हो भन्दै विश्वलाई महानताले जितेका मानब हरुसँग आफुलाई तुलना गर्दा शायद नैतिकता लजायो होला !! नेपाली युवाको परिवर्तनको चाह र बलिदानी भावनाको क्यास गरेको मान्छेले, राजनीतिलाई सम्भावनाको खेल भन्दै स्वार्थ अनुकुल रङ फेर्दै हिंड्ने अनी हरेक ठाउँमा आफ्नु छायाँ देख्नु एउटा भ्रम हो !! दिग्भ्रम !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *