शिक्षकलाई कांग्रेस प्रवक्ताको सुझाव- शिक्षक पनि विद्यार्थी हुन तयार हुनुपर्‍यो – Nepal Press

शिक्षकलाई कांग्रेस प्रवक्ताको सुझाव- शिक्षक पनि विद्यार्थी हुन तयार हुनुपर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सूचना प्रविधिको चरम विकास भएको युगमा शिक्षक चनाखो हुनुपर्ने बताएका छन् । यसका लागि आफू शिक्षक भए भनेर बडप्पन गरेर नबसी विद्यार्थी पनि बन्नुपर्ने सुझाव दिएका छन् ।

नुवाकोटमा आयोजित कांग्रेसनिकट नेपाल शिक्षक संघको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘तपाई(शिक्षक)हरूको प्रतिस्पर्धा पनि विद्यार्थीसँग भइरहेको छ । यसकारण विद्यार्थीले के सोधेर अप्ठेरोमा पार्ने हुन् भनेर पनि तयार हुनुप¥यो ।’

शिक्षहरूले पढाउने भन्ने कुरा सँगसँगै पढ्ने पनि हो भन्ने कुरा बुझ्नुपर्ने प्रवक्ता महतको सुझाव छ । ‘पढ्ने बेला जुन पढियो त्यही मात्र पढाइरहन्छु भनेर हुँदैन्,’ उनले भने, ‘जे मैले पढेँ त्यहीँ पढाउँछु, भन्यो भने त्यल्ले शिक्षालाई पूर्णता दिदैँन । त्यसैले शिक्षक पढ्न पनि तयार हुनुपर्छ ।’

अहिलेको युगमा विद्यार्थी–विद्यार्थीकोबीचमा मात्र नभई शिक्षक र विद्यार्थीकैबीचमा पनि प्रतिस्पर्धा भइरहेको बताए । यसमा प्रविधिको विशेष भूमिका रहेको उनको भनाइ छ । ‘नयाँनयाँ आविष्कार भइराख्या छ । नयाँनयाँ प्रविधिहरूको विकास भइराख्या छ । सबै क्षेत्रमा नयाँनयाँ प्रयोग भइराख्या छ,’ उनले भने ।

यसकारण शिक्षकले दिनदिनै सिक्न र पढ्न तयार रहँनुपर्ने प्रवक्ता महतले बताए । नभए विद्यार्थीले शिक्षकलाई प्रश्न सोधेर हुर्मत पनि लिनसक्ने उनले धारणा राखे । ‘हरेकको हातमा मोबाइल छ । तत्कालै तपाईंहरू नयाँनयाँ विषयहरू भूगर्भ, अर्थशास्त्र, राजनीति, सामाजिक जेसुकै विषय पनि हेर्न मिल्छ,’ उनले भने,‘ त्याबाट विद्यार्थीले पनि सर्च गरिराख्या छ । त्यो कुरो विद्यार्थीले ल यो के हो ? भनेर सोधिदियो भने तपाई(शिक्षक)हरू निरुत्तर हुनुभयो भने के होला ? ठिक हुदैन नि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर