निर्वाचनको समीक्षा गर्न नेकपा एसको सचिवालय बैठक बस्दै – Nepal Press

निर्वाचनको समीक्षा गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

कैलाली । वैशाख ३० गने सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने भएको छ ।

आज ३ बजे पार्टी कार्यालय तीनकुनेमा बैठक बस्न लागेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार बैठकमा निर्वाचनको समीक्षा हुने छ ।

सचिवालयमा अध्यक्ष माधव कुमार नेपालसहित नेताहरू झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, प्रवेश हमाल, जयन्ती राई, बेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा रहने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर