तयारी नपुगेको भन्दै माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित – Nepal Press

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्वस्थायी कमिटी सदस्यहरूको बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ । बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो ।

पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्ने जानकारी दिए । उनका अनुसार केही नेता

बैठकमा सहभागी हुन आइनपुग्‍ने स्थिति पनि बैठक सार्नुको अर्को कारण हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

नेता साहले स्थानीय तह निर्वाचनको समीक्षा र जनप्रतिनिधिहरूले दिएका सुझावबारे छलफल गर्न बैठक बोलाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर