सर्वनाम शिक्षालय यौन दुर्व्यवहार प्रकरण- आरोपित वार्डेन फरार, प्रिन्सिपल प्रहरी नियन्त्रणमा (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालय क्ष्रेत्र अहिले तनावग्रस्त छ । उक्त शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतमाथि बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । साे आरोपसँगै शिक्षालयमा अध्ययनरत व
विद्यार्थीका अभिभावकहरुले अभियुक्तमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
यसैबीचमा महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
आरोपित वार्डेन बस्नेत भने अहिले फरार रहेका छन् । उनको खाेजीकार्य भइरहेकाे महानगरीय प्रहरी वृत्त बाैद्धका डिएसपी ढुण्डीराम न्यौपानेले बताए ।
पीडित भनिएका छात्राहरु ९ देखि १२ वर्ष उमेर समूहका छन् ।
तस्बिरहरू : उमेश कार्की
अब यिनीहरूको पक्षमा पनि आन्दोलन गर्ने होलान पुरूष हिंसा बन्द गर, सोझासाझा मान्छेलाई फसाउन पाइदैन भन्दै ।