तुलसीपुर उपमहानगर : कार्यपालिकामा एमालेका आठै जना निर्विरोध निर्वाचित – Nepal Press

तुलसीपुर उपमहानगर : कार्यपालिकामा एमालेका आठै जना निर्विरोध निर्वाचित

रुपन्देही । अन्य दलबाट उम्मेदवारी नपरेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्विरोध निर्वाचित भएका छन् ।

एमालेको बहुमत रहेपछि कार्यपालिका सदस्यका लागि गठबन्धन दलबाट कुनै उम्मेदवारी नै नपरेको हो ।

तुलसीपुरस्थित निर्वाचन अधिकृत राजेश्वर अर्यालले आठ जना कार्यपालिका सदस्यका लागि आठ जनाको मात्रै उम्मेदवारी परेको र प्रतिस्पर्धी कसैको पनि उम्मेदवारी परेको हुँदा आठ जना सबै निर्वाचित भएको जानकारी दिएका छन् ।

वैशाख ३० गतेको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका महिला मध्ये तुलसीपुर उपमहानगरपालिका वडा नं. १ की गौरी नेपाली, तुलसीपुर– ६ की यमुना परियार, तुलसीपुर ९ की बसन्ता केसी, तुलसीपुर–१५ की सीता कुमारी लामिछाने र तुलसीपुर १६ की रिखा शर्मा कार्यपालिका सदस्य निर्वाचित भएका हुन् ।

त्यस्तै मनोनीततर्फ दलित तथा अल्पसंख्यकबाट तुलसीपुर ४ का लक्ष्मण विश्वकर्मा, तुलसीपुर १२ का मोहन विक र तुलसीपुर १७ का तुलाराम नेपाली निर्वाचित भएका हुन् ।

निर्वाचित सबैलाई प्रमाण पत्र वितरण तथा शपथ ग्रहणको कार्यक्रम भने मङ्गलवार मात्रै हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर